प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त

1.98K
shares

काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डिनसमेत रहेका अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती तथा चिकित्सा शिक्षाको सुधारका विषयमा प्रधानमन्त्रीलाई परामर्श दिनेछन्।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्वको रूपमा अग्रवालको नियुक्तिले सरकारलाई प्राविधिक सहयोग र सुझाव प्राप्त हुने विश्वास व्यक्त गरिन्।

प्रधानमन्त्री शाहले सार्वजनिक स्वास्थ्यलाई आफ्नो कार्यकालको प्राथमिकतामा राखेको सन्दर्भमा अग्रवालको नियुक्तिलाई महत्त्वपूर्ण रूपमा हेरिएको सचिवालयले जनाएको छ।

डा. अग्रवालले राज्यबाट कुनै पारिश्रमिक वा आर्थिक सुविधा नलिई अवैतनिक रूपमा आफ्नो विशेषज्ञता प्रदान गर्नेछन्।

divya collage
unigloble collage