कांग्रेस सांसदलाई सभापति थापाको प्रशिक्षण

संसदमा उठाउने एजेन्डा तय हुँदै

429
shares

२३ वैशाख , काठमाडौं। नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनका आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले सांसदहरूलाई सदनमा विधायकले खेल्ने भूमिका र जिम्मेवारीबारे प्रशिक्षण दिएका हुन्।

जारी प्रशिक्षण कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका कांग्रेस सांसदहरूको सहभागिता रहेको छ।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बे का अनुसार प्रशिक्षणसँगै दलको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल पनि भइरहेको छ।

बैठकमा सरकारले ल्याएका अध्यादेश तथा उचित व्यवस्थापनबिना सुकुमबासी बस्तीमा चलाइएको डोजरबारे छलफल गरी ती विषयलाई संघीय संसदमा कसरी प्रभावकारी रूपमा उठाउने भन्ने एजेन्डा तय गरिने उनले जानकारी दिए।

कांग्रेसले संसदमा सरकारका कामकारबाहीप्रति सशक्त रूपमा प्रस्तुत हुन सांसदहरूलाई तयारी गराइरहेको जनाएको छ।