अर्थतन्त्रको उन्नयन र लगानीको सुरक्षामा पहिलो प्राथमिकता :अध्यक्ष श्रेष्ठ

1.64K
shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनियुक्त अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अध्यक्षको कार्यभार सम्हाल्नुअघि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले उद्यमी–व्यवसायी र समग्र लगानीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता हुने बताए।

“अर्थतन्त्रको उन्नयनका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्य अपरिहार्य छ, राष्ट्रको समृद्धि आपसी साझेदारीबाट मात्रै सम्भव हुन्छ।” उनले भने ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानअनुरूप श्रेष्ठले आजदेखि औपचारिक रूपमा नेतृत्व सम्हालेका हुन्।

साढे दुई दशकदेखि महासङ्घमा सक्रिय रहेका श्रेष्ठ व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशकसमेत हुन्।

नयाँ नेतृत्वसँगै निजी क्षेत्रले अर्थतन्त्र पुनरुत्थान, लगानीमैत्री वातावरण निर्माण र नीतिगत स्थायित्वमा ठोस पहलको अपेक्षा गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083