एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

1.55K
shares

२८ वैशाख, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत सोमबार साँझ नतिजा सार्वजनिक गरिएको हो। बोर्डका अनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

नतिजा केही समयपछि मात्र अनलाइन माध्यमबाट हेर्न सकिने जनाइएको छ। यस वर्ष एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो।

यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।

यस वर्ष कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना सहभागी थिए।

लिङ्गगत विवरणअनुसार परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083