एआईजी शिद्धी शाहद्वारा सरुवा भएका एसपीहरूको विदाई कार्यक्रम सम्पन्न

2.99K
shares

काठमाडौ  एआईजी शिद्धी शाहद्वारा सरुवा भएका एसपीहरूको विदाई कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलाली सरुवा हुनुभएका एसपी नवराज कार्की, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, तनहुँमा सरुवा हुनुभएका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट जिल्ला प्रहरी कार्यालय धनकुटामा सरुवा हुनुभएका एसपी नारायण रंजितकार, जिल्ला प्रहरी कार्यालय बाग्लुङमा सरुवा हुनुभएका एसपी फणिन्द्र प्रसाई र जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा हुनुभएका एसपी रामश्वर पौडेलहरूको आज एआईजी शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा प्रमुख अतिथिले प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो । साथै बिदाई भई जान लाग्नु भएका प्रहरी अधिकृतहरुले आफ्नो बिदाई मन्तव्यको क्रममा यस प्रतिष्ठानमा कार्यरत रहँदाको बखत प्रतिष्ठान परिवारले देखाएको सद्भाव, सदीक्षा र विश्वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083