एआईजी ईश्वर कार्की र चन्द्रगिरीका मेयर गिरीबीच सिसीटिभी जडान सम्बन्धी पत्रमा हस्ताक्षर
वि.सं.२०८३ जेठ ८ शुक्रवार १७:०८
shares

काठमाडौ । काठमाडौँ उपत्यकाको शान्ति सुरक्षालाई थप प्रविधिमैत्री र सुरक्षित बनाउन काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र चन्द्रगिरी नगरपालिका बीच सिसी टिभी (CCTV) जडान तथा सञ्चालन सम्बन्धी समझदारी-पत्र (MoU) मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट कार्यालय प्रमुख एआईजी ईश्वर कार्की र चन्द्रगिरी नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीले उक्त समझदारी – पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।
सो अवसरमा एआईजी ईश्वर कार्कीले नागरिकहरूको आधारभुत आवश्यकता शान्ति सुरक्षालाई मध्यनजर गरी नगरवासीको सुरक्षाका लागि सिसिटिभि जडान गर्ने चन्द्रगिरी नगरपालिकालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धानमा महालक्ष्मी नगरपालिकासँग थप सहकार्य गर्दै जाने मन्तव्य व्यक्त गर्नुभयो ।































