एसपी गोबिन्दराज काफ्लेद्वारा कास्की जिल्ला ट्राफिक कार्यालयकाे निरीक्षण
वि.सं.२०८३ जेठ १२ मंगलवार २०:३९
shares

कास्की । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख एसपी गोबिन्दराज काफ्लेले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी कमर्चारीहरुलाई उत्कृष्ट ट्राफिक व्यवस्थापन, निर्देशन दिएका छन् ।
साथै एसपी काफ्लेले निर्देशनको क्रममा कार्यालय व्यवस्थापन, अनुशासन तथा नागरिकमैत्री सेवाको प्रभावकारी कार्यान्वयन गर्न, कार्यसम्पादनका क्रममा कुनै पनि किसिमको पूर्वाग्रह नराखी निष्पक्ष, पारदर्शी र जिम्मेवार भई कार्य गर्नुपर्ने, सेवाग्राही तथा सहकर्मीप्रति शिष्ट, मर्यादित र सम्मानजनक बोली–बचन प्रयोग गर्नुपर्ने तथा अनुशासित व्यवहार प्रदर्शन गर्न र आर्थिक अनुशासन र जवाफदेहितालाई प्राथमिकता दिँदै आर्थिक अनियमितताप्रति शून्य सहनशीलता निति अवलम्बन गर्न तथा दुर्घटना न्युनिकरणका लागि जिम्मेवार भई सडकमा खटिन निर्देशन दिदै कार्यालयको निरीक्षण कार्यक्रम सम्पन्न भएको थियो ।































