आईजीपी दान बहादुर कार्कीको प्रहरी कर्मचारीलाई मनोबल अभिवृद्धि उद्देश्य : ४८सय प्रहरीलाई दुई अर्ब ३८ करोड सहुलियत कर्जा प्रदान
वि.सं.२०८३ जेठ १२ मंगलवार २०:४७
shares

काठमाडौ । नेपाल प्रहरीले पछिल्लो ६ महिनामा आफ्ना कर्मचारी कल्याण कोषबाट दुई अर्ब ३८ करोड ७३ लाख २३ हजार सहुलियत कर्जा दिएको छ।
कर्मचारी हित तथा मनोबल अभिवृद्धिको उद्देश्यले प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मलाई आकस्मिक समस्या समाधानको लागि ५% ब्याजदरमा २ लाख रुपैयाँ आकस्मिक सहुलियत कर्जा उपलब्ध गराउने गरी कल्याण कोषको सेवा बिस्तार गरी चार हजार आठ सय ४७ प्रहरीलाई सो कर्जा उपलब्ध गराइएको प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले बताए।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदभार ग्रहणको क्रममा आकस्मिक कर्जाको सेवा विस्तार गर्ने निर्णय गरेका थिए। जून कार्यान्वयनबाट प्रहरी लाभान्वित भएका छन्।
सहुलियत कर्जा, घर खरिद वा निर्माण कर्जा, शैक्षिक कर्जा, सवारीसाधन खरिद कर्जा, निर्ब्याजी उपचार सापटी, आकस्मिक सहुलियत कर्जा उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि,२०८० लाई संशोधन गरी समयानुकूल सेवा अभिवृद्धि र सेवा सुविधा विस्तार गर्नुका साथै प्रहरी कल्याण कोषबाट प्रवाह हुने सेवाहरूलाई सरल, सहज र छरितो हुने गरी व्यवस्था मिलाइएको डिआइजी काफ्लेले बताए।































