सडक सफा गर्न ‘ब्रुमर’ खरिद गर्ने तयारी

7.55K
shares

ललितपुर । ललितपुर महानगरपालिकाले सडक सफा गर्न कुचो र झाडुको साटो करोडभन्दा बढी मूल्य पर्ने ‘ब्रुमर’ खरिद गर्ने भएको छ । कुचीकारको परम्परागत झाडुभन्दा सडक सफा गर्न ब्रुमर उत्कृष्ट हुने महानगरले दाबी गरेको छ । खर्चको हिसाबले पनि सस्तो पर्ने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।

‘दुई वटा ठूला ब्रुमर खरिद गर्ने योजना छ, तर महानगरपालिकाले तत्काल एउटाको मात्र टेन्डर खुलाएको छ’, उनले भने ।अन्तर्राष्ट्रिय मापदण्डअनुसार सडक सफा गर्दा धुलो, धुवाँ उडाएर बटुवालाई दुःख दिन नमिल्ने उनले बताए ।

आफूले चुनावी अभियानका क्रममा धुलो नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको पनि उनले स्मरण गरे । मेलम्ची खानेपानी वितरण आयोजना अव्यवस्थित भएकाले आफूले प्रतिबद्धता पूरा गर्न नपाएको पनि उनले सुनाए ।

‘मेलम्ची आयोजना व्यवस्थित हुनासाथ ललितपुरलाई सबैभन्दा उत्कृष्ट सहर बनाउँछु’, उनको दाबी छ । सडक विभागले अघिल्लो महिना सानो आकारको एउटा ब्रुमर ललितपुर महानगरपालिकालाई उपलब्ध गराएको छ । तत्काल एउटा मात्र ब्रुमर खरिदका लागि टेन्डर गरिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । उनले भने, ‘हाललाई २ करोड ४० लाख रुपैयाँको ब्रुमर खरीद गर्न लागिएको हो ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083