आईजीपी दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा ‘प्रहरी र विधिको शासन’ पुस्तक लोकार्पण
वि.सं.२०८३ असार ३ बुधवार १८:४९
shares

काठमाडौ । नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा ‘प्रहरी र विधिको शासन’ पुस्तक लोकार्पण गरिएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डा. गणेश रेग्मीद्वारा लिखित ‘Police and Rule of Law’ नामक पुस्तकको विमोचन गरिएको हाे।
नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा बुधबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीसहित विशिष्ट अतिथिहरूले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले गहन र सान्दर्भिक विषयवस्तु समेटिएको उक्त कृतिको सफल प्रकाशनका लागि लेखक डा. रेग्मीलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले लेखकको सिर्जनात्मक यात्रा निरन्तर अघि बढोस् भन्ने कामना गर्दै समाजलाई मार्गदर्शन गर्ने, कानुनी शासन सुदृढ बनाउन सहयोग पुग्ने तथा मुलुकलाई समृद्धितर्फ डोर्याउने खालका थप कृतिहरू प्रकाशन हुने विश्वास व्यक्त गरे।
































