रास्वपा प्रतिस्पर्धी मात्र हो, शत्रु होइन : गगन थापा

325
shares

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई राजनीतिक प्रतिस्पर्धीका रूपमा हेर्ने तर कुनै पनि हालतमा दुश्मनका रूपमा नलिने बताएका छन्।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसलाई वैमनस्यतासँग जोड्न नहुने धारणा राखे।

उनले कांग्रेसले आफ्नो संगठन र कार्यशैलीलाई थप प्रभावकारी बनाउँदै जनविश्वास जित्ने लक्ष्य राखेको उल्लेख गर्दै अरू दललाई कमजोर बनाएर होइन, आफ्नै क्षमता र कार्यसम्पादनका आधारमा अघि बढ्न चाहेको बताए।

थापाले रास्वपाले छोटो समयमै सिर्जना गरेको राजनीतिक प्रभावप्रति सम्मान व्यक्त गर्दै त्यसले अन्य दललाई पनि सुधार र आत्मसमीक्षाका लागि प्रेरित गरेको टिप्पणी गरे। कांग्रेसले आफूलाई अझ सक्षम, उत्तरदायी र जनमुखी बनाउने प्रयास जारी राखेको उनको भनाइ थियो।

उनले पार्टीभित्र रहेका कमजोरी र विकृतिहरू सच्याएर स्वच्छ राजनीतिक अभ्यास स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए। अरूलाई आलोचना गरेर भन्दा आफ्नै संगठनभित्र सुधार गरेर अघि बढ्नु नै सही राजनीतिक मार्ग भएको उनको तर्क थियो।

थापाले लोकतान्त्रिक प्रतिस्पर्धा जनताको विश्वास जित्ने माध्यम भएकाले राजनीतिक दलहरूले एकअर्काप्रति सम्मान कायम राख्दै सकारात्मक प्रतिस्पर्धामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083