नेपाल प्रहरीका ३४औँ आईजीपी डा. मनोजकुमार केसीले सम्हाले कमान्ड

559
shares

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा पदबहाली गर्नुभएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षकमा नियुक्त हुनुभएका डा. केसीलाई प्रहरी प्रधान कार्यालयमा प्रहरीका वरिष्ठ अधिकृत तथा प्रहरी कर्मचारीहरूले स्वागत गरेका छन्।

पदबहालीसँगै उहाँले नेपाल प्रहरीको संगठनात्मक नेतृत्व तथा कमान्ड सम्हाल्नुभएको छ। लामो प्रहरी अनुभव हासिल गर्नुभएका डा. केसीले अपराध अनुसन्धान, संगठन व्यवस्थापन तथा विभिन्न महत्त्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ।

नवनियुक्त प्रहरी महानिरीक्षक डा. केसीको नेतृत्वमा नेपाल प्रहरीको व्यावसायिकता, संस्थागत सुदृढीकरण, संगठनात्मक अनुशासन, नागरिकमैत्री सेवा प्रवाह र शान्ति सुरक्षाको प्रभावकारिताले थप गति लिने अपेक्षा गरिएको छ।