असार २९ गते ‘विरङ्गना’ चलचित्र देशभर प्रदर्शनमा

10.6K
shares

काठमाडौं । नेपाली चलचित्र विरङ्गना आगामी असार २९ मा देशभर रिलिज हुने भएको छ । शिल्पा पोखरेल र अनुपविक्रम शाही अभिनित फिल्ममा दुवै पात्रको भुमिका गहन रहेको बताइएको छ।

फिल्मका निर्देशक राजबहादुर सानेले आफ्नो जन्मदिनमा चलचित्रको छायाँकनमा सहयोग गर्ने व्यक्तिहरु सशस्त्र प्रहरीका नवनियुक्त आईजिपी शैलेन्द्र खनाल, सुरेश पन्थी, छविराज ओझा लगायतलाई धन्यवाद ज्ञापन गर्दै फिल्मको रिलिज हुने मिति तय गरिएको स्रोतले जनाएको छ। ।

नारी प्रदान चलचित्रलाई नारीको भुमिका ,दायित्व अस्तित्वलाई समेटेर निर्माण गरिएको स्रोतले जनाएको छ । बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह निर्माता रहेका छन्।

चलचित्रमा शिल्पा र अनुपविक्रमका अलवा पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, अमृत सापकोटा लगायत अन्य कलाकारहरुको अभिनय रहेका छन् ।


divya collage
unigloble collage