प्रदेश नं ४ को नाम राख्न पर्वतका सरोकारवालाको सुझाव

7.81K
shares

पर्वत । प्रदेश नंम्बर ४ को नाम गण्डकी, धौलागिरि वा मुक्ति क्षेत्र राख्न पर्वतका सरोकारवालाले सुझाव दिएका छन् ।कार्यक्रममा उनीहरुले प्रदेश सभा सदस्य सँग ११ वटै जिल्लाको पहिचान हुने गरी प्रदेशको नाम राख्नु पर्ने सुझाव दिएका हुन् । पर्वतमा विशेष गरी हिमालय, गण्डकी वा कालीगण्डकी, र मुक्ति क्षेत्रको नाम प्रस्ताव गरिएको छ । यस बाहेक धौलागिरि, शालिग्राम, कृष्णगण्डकी, वा मध्य प्रदेश राख्न समेत सरोकारवालाको सुझाव रहेको छ ।

प्रदेश नम्बर ४ का अधिकांश जिल्ला हिमाली भेग सँग जोडिएको र अग्ला हिमशृंखला यस क्षेत्रको पहिचान भएकाले हिमाल प्रदेशनै सबैको साझा नाम हुने सुझाव सरोकारवालाले दिएका छन् । त्यस्तै, प्रदेश नम्बर ४ को मुख्य पर्यटकीय क्षेत्र राउण्ड अन्नपूर्ण मध्येको पनि मुक्तिनाथ सबै भन्दा परिचित धार्मिकस्थल भएकाले मुक्ति क्षेत्र राख्नु पर्ने सुझाव समेत दिइएको छ ।

पर्वतमा सुझाव संकलनका लागि प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा, सावित्री राना र जुनादेवी नेपालीसहितको कर्मचारीको टोली खटिएको हो । पर्वतमा आएका सुझावलाई प्रदेशसभामा लैजाने र सकेसम्म यस क्षेत्रबाट गएका नामकै आधारमा नामाकरण गर्नका लागि पहल गर्ने सांसदले बताउनु भएको थियो ।

कार्यक्रममा जिल्ला स्थित स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रशासकीय अधिकृत, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, गैरसरकारी संस्थालगायत सरोकारवालाको उपस्थिति गराइएको थियो । धेरै जिल्ला बाट धेरै किसिमका नाम राख्न सुझाव आउने र मुख्य मुख्य दुई/तीनवटा नामलाई बहुमतका आधारमा टुंगो लगाउँदा उचित हुने सुझाव समेत सहभागीले दिएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083