स्याङ्जाका असई विजय कुमार श्रीस भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित

312
shares

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विजय कुमार श्रीस २०८३ साल भदौ महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषित हुनुभएको छ।

प्रहरी कर्मचारीको कार्यसम्पादन, जिम्मेवारीप्रतिको प्रतिबद्धता तथा सेवामा पुर्‍याएको योगदानलाई मूल्याङ्कन गर्दै ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०८१’ बमोजिम असई श्रीसलाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।
उहाँलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले प्रशंसा–पत्र तथा पुरस्कार प्रदान गर्नुभएको छ।

उत्कृष्ट प्रहरीका रूपमा सम्मानित असई श्रीसले आगामी दिनमा पनि प्रहरी सेवाप्रतिको जिम्मेवारी, अनुशासन र नागरिकमैत्री सेवामा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083