बुद्ध एयरले भदौ १ गतेदेखि उडान भर्ने

6.66K
shares

मुलुकको अग्रणी बुद्ध एयरलाइन्सले भदौ १ गतेदेखि आन्तरिक उडान भर्ने भएको छ ।

कोभिड महामारीका बेला नागरिकले सडक यात्रामार्फत दसौं हजार रुपैयाँ खर्च गर्नुपरेको भन्दै बुद्धले सस्तो दरमा छिनभरमै हवाई सेवा दिन लागेको छ ।

बुद्ध एयरले शुक्रबार विज्ञप्ति जारी गरी नयाँ भाडादर पनि तोकेको छ । जसअनुसार पोखरा १९ सय, विरानगर तीन हजार, जनकपुरको २७ सय रुपैयाँ तोकिएको छ । धनगढी ५४ सय रुपैयाँमै जान सकिने भएको छ ।

‘हाल आन्तरिक वायु सेवालाई बन्द गरिएको अवस्थामा सर्वसाधारण नेपालीहरु यात्राका लागि तरकारी भ्यान, एम्बुलेन्स, ट्रक, बसमा कोचिएर मात्रै हैन, दशौं हजार रुपियाँ खर्च गर्न बाध्य छन् ।घण्टाभरमै यात्रा गर्न सक्नेमा केही दिन लगाएर यात्रा गरिरहेका छन् ।

यस्ता यात्रुहरुलाई राज्यले यात्रा गर्नबाट रोक्नु भनेको मौलिक अधिकारको हन्न गर्नु हो ।

तसर्थ यात्रालाई सहज बनाउँदै, कोभिड–१९ को चेकजाँचको दायरा फराकिलो बनाउनु राज्यको दायित्व हो ।

यस विषम् परिस्थितिमा हरेक नेपालीले सजिलै र सस्तो हवाई यात्रा गर्ने उद्देश्यले हामी भदौ १ देखि हुने हवाई उडानका लागि भाडादर पनि न्यून तोकेका छौं,’ बुद्ध एयरले जारी गरेको सूचनामा भनिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083