काठमाडौं १५ दिनका लागि सटडाउन
वि.सं.२०७७ साउन २३ शुक्रवार १५:१२
shares

File Photo
काठमाडाैं । (कोभिड–१९) को महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यका जोखिम कम गर्नका लागि १५ दिनका लागि सटडाउन हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आगामी आइतबारदेखि लागु हुनेगरी सटडाउनको निर्णय भएको बताउनुभयो ।
शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले निर्णय गरेको हो ।
सटडाउन अवधिभरमा जिल्ला प्रशासन कार्यालयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुनेछ । जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक मुद्दा, पास वितरण र शान्ति सुरक्षाको काममात्रै हुने काठमाडौंका प्रजिअ दाहालले जानकारी दिनुभयो ।
बैठकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने र स्थानीय तहलाई कोरोना महामारीबाट बच्नको लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय गरेको छ ।
सरकारी कार्यालयबाट हुने अत्यावश्यकबाहेकका सेवा बन्द रहने छन् भने आंशिक कार्यालय खोलेर अत्यावश्यक सेवाहरु दिइने निर्णय भएको हो ।
सटडाउनुभित्र भिडभाड कम गराउने, स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइकासाथ पालना गराउने कार्यालयमा कम आवतजावत गर्नका लागि आग्रह गरिएको छ ।
















