आज बुवालाई सम्मान र भक्ति प्रकट गर्दै बुबाको मुख हेर्ने दिन मनाइँदै

15.3K
shares

काठमाडौं । आज आफुलाई जन्म दिने आफ्ना पुजनीय बुवालाई सम्मान र भक्ति प्रकट गर्दै बुबाको मुख हेर्ने दिन मनाइँदैछ ।

अन्धकार रुपी संसारमा ज्ञान एवं कर्मको दिब्य ज्योती प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गूरुका रुपमा रहेका पीतालाई छोराछोरीहरुले मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडा लगायतका विभिन्न वस्तुहरु दिदै बुबाको सम्मान गर्ने गर्दछन् ।

भाद्र कृष्ण औशी कुशे औशीका आफ्ना बाबुको सम्मान गरिने परम्परा छ । यो दिन बाबु हुनेहरुले आफ्ना बुबाको योगदानको कदर गर्दै सम्मान गर्ने गर्छन् । यो दिनलाई अर्को शब्दमा पीतृऔंसी, पीतृदिवस, गोर्कण औंसी, कुशे औंशी आदि पनि भनिन्छ ।

आमापछिको द्वितिय गुरुका रुपमा शास्त्रले बर्णन गरेको छ । महत्वपुर्ण धार्मीक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पीतालाई संरक्षण गर्ने , रक्षा गर्ने र पालनपोषण गर्ने चरित्रका रुपमा शास्त्रमा उल्लेख छ ।

औशीका दिन आफूलाई कर्म दिने बुवाको मुख हेर्न छोराछोरीहरू बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । यसरी बुवालाई भेट्दा आफ्नो क्षमता अनुसार मिठाई, लड्डु , तथा विभिन्न खाद्यपदार्थ ख्वाउने चलन छ । पीता जीवित हुनेहरूले पीतालाई मीठा¬मीठा परिकार बनाएर ख्वाउँछन्, लुगाफाटो तथा अन्य विविध उपहार दिएर पीतालाई खुसी बनाउँछन् ।

विवाह भएका महिलाहरुले आफ्ना माइतमा गएर बुबाको मुख हेरी आर्शिवाद लिने गरेका छन् । घरमा रहेकाले बाबुलाई भेटेरै आर्शिवाद लिँदैछन् । घरमै पुगे भेट्न नसक्नेहरुले टेलिफोन वा सामाजिक सञ्जालमार्फत पनि सम्झिने गरिएको छ ।

आजैका दिन देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश बुधबार घर–घरमा भित्र्याइँदै छ । हरेक वर्षको भाद्र कृष्णऔँसीका दिन मनाइने कुशे औँसीका दिन ब्राह्मणद्वारा बिधिपूर्वक कुश काट्ने गरिन्छ ।

यस दिन ब्राम्हणद्धारा काटिएको कुशलाई घरमै राख्ने र आफ्ना जजमान कहाँ लगिदिने चलन छ । त्यही कुश वर्ष भरी गरिने देव तथा पीतृ कार्यमा प्रयोग गरिने प्रचलन छ ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने , सुख शान्ति मिल्ने धार्मिक विश्वास छ । नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन् ।

कुश घरघर बाड्ने भनिएपनि कुशको अभाव भएकाले औशीँका दिन कुश बाड्न नै समस्या हुने जजमानी गर्नेहरुले बताएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083