ज्वालामुखि २ को वडाकार्यालय बन्यो बलात्कारीको अखडा : वडाकार्यलयमा पार्टी सदस्यता वितरण !

21.39K
shares

धादिङ, २ भदौ । धादिङको ज्वालामुखि गाउँपालिका २ का वडाध्यक्ष रणबहादुर शाहीले वडा कार्यालयलाई पार्टीको अखडा बनाएका छन् ।

नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित शाहीले वडा २ को वडा कार्यालय सातबाटोको भवनमा पार्टी सदस्यता वितरण गर्दै गरेको तस्विर नै सार्वजनिक भएको छ ।

वडा कार्यालय भवनमा बलात्कार मुद्दामा जेल सजाय समेत भाेगेका उनकै पार्टीका नेता लाल बाहादुर कार्कीको रोहबरमा पार्टी प्रवेश गराउने देखि विभिन्न योजनामा ब्रम्हलुट मच्चाउँदै आएका छन् ।

शाहीले केही दिनअघि ज्वालामुखि २ कै एक बृद्धलाई पार्टी सदस्यता वितरण गरिरहेको तस्विर देख्न सकिन्छ ।

ती बृद्धसँगै उभिएका हाफ कट्टु लगाएका लाल बहादुर भने स्थानिय बालीकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत धादिङको फैसलाको आधारमा जेल सजाय भोगेका व्यक्ति हुन् ।

उनी जिल्ला कारागार धादिङमा ५ वर्ष सम्म कारागार जीवन विताएका थिए । बलात्कार अभियोगमा पक्राउ पर्दा उनी पूर्व माओवादीको सचिव थिए ।

माओवादी नेताहरुले जोगाउन प्रयास गर्दा पनि बलात्कार प्रमाणित नै भएपछि उनलाई ५ वर्ष जेल सजाय भएको थियो ।

जेलबाट निस्किएपछि कार्कीलाई नेपाली कांग्रेसले पार्टी प्रवेश गराएको थियो । प्रवेश गरेपछि उनलाई वडाले नै प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको संयोजक बनाएको थियो ।

बलात्कार जस्तो जघन्य अपराध प्रमाणित भएका व्यक्तिलाई वडाध्यक्ष शाहीले अधिकांश उपभोक्ता समितिमा अघि सार्ने गरेका छन् ।

आफ्नो घरभन्दा केही तल मात्रै रहेको एक युवतीलाई बलात्कार गरेको प्रमाणित भएपछि जेल सजाय भोगेर आएका कार्कीबाट गाउँका जनता समेत त्रसित हुन थालेका छन् ।

वडा नम्बर २ मा शाही र बलात्कार अभियोग प्रमाणीत कार्की बीचको मिलेमतोमा लाखौँको योजनामा अनियमितता भएको ज्वालामुखि २ का एक स्थानियको आरोप छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083