व्यापारी धम्काएर असुलेको आरोपमा अनेरास्ववियूका नेताहरु पेस्तोलसहित पक्राउ

31.25K
shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का नेताहरु पेस्तोलसहित पक्राउ परेका छन् । जिल्ला नेताहरु अभिषेक राय र विकास महतोलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बरामद भएको पेस्तोल र गोली तथा यसअघि फेला परेको खोका विधि विज्ञान प्रयोगशालामा परिक्षण हुने प्रहरीले जनाएको छ । उनीहरू पक्राउपछि अनुसन्धान गर्ने क्रममा मोरङ प्रहरीले पेस्तोल बिक्री गर्ने विराटनगर– १२ का २६ वर्षीय विकास महतोलाई समेत बिहीबार पक्राउ गरेको हो ।

रकम असुलीका नाइके राय अनेरास्ववियूका विराटनगर महानगर कमिटीका उपाध्यक्ष हुन । हतियार बेच्ने महतो सोही संगठनको मोरङ जिल्ला कमिटी सचिवालय सदस्य, पुसेट क्याम्पस कमिटीका अध्यक्ष तथा पूर्वान्चल विश्व बिद्यालय केन्द्रिय कमिटी सदस्य सम्मको जिम्मेवारीमा छन् । अनेरास्ववियूको आवरणमा उनीहरुले लामो समयदेखि अपराधिक गतिविधि गर्दै आएको अनुसन्धानमा खुलेको छ ।

व्यापारीबाट रकम असुलेपछि गिरोहका मुख्य नाइके अभिषेकले पेस्तोल उपलब्ध गराउने मेहतालाई १ लाख रुपैयाँ दिएको अनुसन्धानबाट खुलेको छ । पेस्तोल र गोली विराटनगरको कोशी प्रोजेक्टबाट उनले लिएका थिए । ६ राउण्ड गोली खरिद गरेर ल्याएकोमा तीन राउण्ड गोली व्यापारीले सुरुमा रकम नदिएपछि उनलाई तर्साउन उनीहरुले पड्काएका थिए । घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार व्यापारीको घरको पर्खालमा पेस्तोलबाट चलेको गोलीको दाग भेटिएको छ ।

हालसम्म पाँच जना पक्राउ परिसकेको मोरङका एक प्रहरीले बताए । विराटनगरका दुई जना व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै रकम असुल्ने समूहमा आबद्ध कटहरी गाउँपालिका–२ आर्दशनगरका २६ वर्षीय किसन साह, सोही ठाउँका २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय अभिषेक राय, सप्तरी बोदेबर्साइन नगरपालिका ८ बस्ने २७ वर्षीय नन्दु भन्ने नन्दकिशोर साह र भारतको बिहार राज्य सितामणी जिल्ला घर भइ विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडा पसलमा काम गर्ने २७ वर्षीय राजुकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ । गुट्खा, चामल, तेलको डिलर संचालन गर्ने विराटनगरका व्यापारीलाई २५ असारमा ज्यान मार्ने धम्की दिएर १० लाख रुपैयाँ सो समूहले चन्दा मागेका थिए । प्रहरीका अनुशार व्यापारीले दुई पटक गरि ५ लाख रुपैयाँ दिएका थिए ।

– Drishti


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083