के कैलाली प्रहरीले घटनालाई लुकाउन खोजेकै हो त ?

7.81K
shares

काठमाडौं । गत भदौ २२ गते मोबाइल चोरीको आरोपमा पक्राउ परेका धनगढी–५ का १९ वर्षीय रोशन विकको भदौ २६ गते (बिहीबार) जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत्यु भएको थियो ।

हिरासतको थुनुवा कक्षको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टको भनाइ रहेको छ ।

रोशनका परिवारले  भने प्रहरीको यातनाबाट उनको मृत्यु भएको आरोप लगाएका छन्।

शरीरभरि घाउ देखिएकाले बिकको हत्या भएको परिवारको दाबी छ।

मृतक विकका बुवाले भने प्रहरीले आत्महत्या गरेको बताए पनि उनको अनुहारभरि निलडाम र चोटपटक देखिएकोले आत्महत्या नभई कुटपिटबाट हत्या गरिएको बताए।

 

‘मुख र नाकमा चोटपटक लागेको छ  भने मुख र नाकबाट रगत पनि आएको छ,’ उनले भने, ‘प्रहरीको कुटाइबाट मरेको हो ।

मृतक विककी आमाले भनिन्, हामीलाई शव बुझ्ने सहमति भएपछि मात्रै शव हेर्न दिएको उनको भनाइ छ।

प्रहरीले भने विकले आत्महत्या गरेको भन्दै सञ्चार माध्यमलाई समाचार प्रकाशन गर्न लगाएर आफू चोखो बन्न खोजेको छ।

प्रहरीले परिवारलाई खबरै नगरी आत्महत्या गरेको भन्दै समाचार प्रकाशन गर्न दिनेश खबरलाई लगाएको थियो।

प्रहरीले परिवारलाई खबरै नगरी आत्महत्या घोषणा गर्नुले प्रहरीको भूमिका शंकास्पद देखिएको हो।

प्रहरीले किन देखाएन शौचालयमा झुन्डिएकाे तस्विर

मृतक विककाे शाैचालयमा झुन्डिएकाे तस्विर अहिले सम्म प्रहरीले सार्वजनिक गरेकाे छैन् भने नत्र मृतक विकका परिवालाई नै तस्विर नै देखाएकाे छैन् ।

प्रहरीकाे याे शंकास्पद गतिबिधी हेर्दा प्रहरीले नै हत्या गरेकाे हुन सक्ने मृतक विकका परिवारहरूकाे भनाई रहेकाे छ ।

१७/१८ दिनसम्म पनि कुनै पनि प्रतिक्रिया नअाएकाे र अहिले त नेपाल प्रहरी माथि नै संका लाग्न थालेकाे परिवारकाे दाबी छ ।

आत्महत्या भनेर प्रहरीले घटना लुकाउन खोजेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083