त्रिशुलीमा ट्रक खस्दा तीन घाइते

7.46K
shares

धादिङ–त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन्। पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाडाैं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो। ट्रकको आधा भाग डुबेको अवस्थामा छ।

दुर्घटनामा परी घाइेत हुनेमा ट्रक चालक गल्छी–७ धादिङ बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउँ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउँका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083