एकाविहानै प्रचण्डलाई भेट्न खुमल्टार पुगिन निचियाँ राजदुत यान्छी, के–के भयो कुराकानी ?

6.29K
shares

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद बढ्दै जाँदा चिनियाँ राजदूत होउ यान्छीले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन्।

आज बिहान प्रचण्ड निवास खुमलटारमा यान्छीले प्रचण्डसँग भेट गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

भेटमा अध्यक्ष प्रचण्ड र यान्छीबीच दुई देश र पार्टीबीचको सम्बन्धका विषयमा कुराकानी भएको सापकोटाले बताए। पार्टीमा देखिएको विवादलगायत अन्य विषयमा कुनै कुरा नभएको सापकोटाको दाबी छ।

नेकपामा विवाद बढ्दै जाँदा राजदूत यान्छीको सक्रियता बढ्दै जान्छ। यही मंसिर २ गते साँझ राजदूत यान्छीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेट गरेकी थिइन्।

त्यसपछि फुटको डिलैमा पुगेको नेकपाको विवाद केही साम्य भएको थियो।

यसअघि पनि राजदूत यान्छीको सक्रियताले पार्टी फुटबाट जोगिएको थियो।कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई विभिन्न आरोप लगाउँदै सचिवालय बैठकमा प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच दूरी बढेको छ।

प्रचण्डले अब प्रधानमन्त्री ओलीलाई एक्लाएक्लै नभेट्ने र भेट्नैका लागि बालुवाटार नजाने भन्दै ओलीनिकट नेतालाई भनेका छन्। यसैगरी उनले भेट्नै परे पार्टी कार्यालयमा भेट गर्नेसमेत बताएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083