कसरी बाहिरियो सिगास बलात्कार घटना, को हुन मिलापत्र डिलिङ गर्ने ?

कात्तिक ३० भित्र दिने भनिएको १ तोला सुन पनि दिएनन्

बैतडीको सिगास गाउँपालिका–३ ठुलैसनमा एक तोला सुन दिने भन्दै गाउँमै मिलाएको बलात्कारको घटना ८ महिनापछि बाहिर आएको छ ।

पीडित किशोरीका आफन्तलाई एक तोला सुन दिने प्रलोभन देखाई घटना गाउँमै लुकाएको थियो । गत बैशासमा गाउँकै दिपक धामी नाम गरेका युवकले १८ बर्षीय किशोरीलाई जबरजस्ती करणी गरेर थिए । उक्त घटना गाउँका भद्रभलादमी बसेर एक तोला सुन दिने सहमतीमा मिलाएको थियो ।

को हुन मिलापत्र गराउने ?

आर्थिक चलखेल मा मिलापत्र गराउने– राजेन्द्र सिंह धामी रोजगार संयोजक सिगास गाउँपालिका, भुबन भस्कर माबीका शिक्षक मनोज सिंह धामी, स्थानीय तहको चुनावमा वडा अध्यक्षको उम्मेदवारमा पराजित भएका अमर सिंह धामी र गाजरी शिक्षा क्याम्पसका शिक्षक नरेन्द्र सिंह धामीको नाम मिलापत्र उल्लेख गरिएको छ । सरकारले बलात्कारसम्बन्धी अपराधका घटना कानूनी प्रक्रियामा जान नदिई मिलापत्र गराउने व्यक्तिलाई समेत कैद र जरिवाना हुने गरी तीनवटा कानुन संशोधन गर्न अध्यादेश ल्याएको छ ।

कात्तिक ३० भित्र दिने भनिएको १ तोला सुन पनि दिएनन्

बलत्कार गर्ने युवकका आफन्त मनोज धामी, अमर धामी र गाउँलेले १ तोला सुन दिने भन्दै गाँउमै मिलापत्र गराएको तर अहिले पीडित पक्षको परिवार सदस्यलाई ज्यान मार्ने दिदैछन ।’ अहिले बलात्कारका आरोपित दीपक भारत गएका छन ।

आफुलाई बलात्कार गरेको र गाँउमै उक्त कुरा मिलाएर बलात्कार गर्ने दीपक धामीलाई गाउँलेहरु मिलेर भारत पठाएको किशोरीको भनाइ छ । मनोज सिंह धामी र अमर सिंह धामीले कात्तिक ३० गते भित्रै १ तोला सुन दिने भनेर मिलाएको र अहिले पटक पटक गाली गलौज गर्ने गरेको किशोरीले बताएका छिन ।

हिले किशोरीको घरबाट मिलोमतो कागजमा उल्लेख गरिए अनुसार सून माग्दा उल्टै गाली गर्ने गरेको किशोरीका आफन्तले बताएका छन ।

किशोरीका दाईलाई समेत पटक पटक मार्ने प्रयास गर्ने गरेको पनि उनको आरोप छ ।

पीडित पक्षको आर्थिक हैसियत अति कमजोर रहेको तर पीडक पक्षको पहुँच र हैसियत बलियो रहेकोले पनि बलात्कृत किशोरी पक्षले थप यातना भोग्दै आएका छन् ।

१० मंसिर २०७७, बुधवार १९:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु