माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष

14.38K
shares

नेकपाको प्रचण्ड–नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर पार्टी अध्यक्षबाट हटाएको छ। सो बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई नयाँ अध्यक्ष चयन गरेको छ।

सो पक्षको बबरमहलमा जारी केन्द्रीय समिति बैठकले ओलीलाई कारवाही गरी अध्यक्षबाट हटाउने स्थायी समितिको निर्णय अनुमोदन गरेको हो।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सो बैठकमा ३ सय १५ जना केन्द्रीय सदस्य उपस्थित थिए। वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा बैठकले नेपाललाई अध्यक्ष पदमा चयन गरेको हो।

पार्टीको रिक्त अध्यक्ष पदमा माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ अध्यक्ष घोषणा गरिएका माधव नेपाल र आफू दुईजनाले अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन्।

उनले पार्टीको विधानको मर्म अनुसार नै बैठक आलोपालो अध्यक्षता गर्ने बताएका छन्। नेपाललाई नयाँ अध्यक्ष चयन गरेपछि प्रचण्डले सो प्रतिक्रिया जनाएका हुन्।

बैठक आलोपालो गर्ने लगायतका विधानका प्रावधानअनुसार केपी ओलीले काम नगरेका कारण समस्या सिर्जना भएको तर अब नेपाल र आफूबीच त्यस्तो समस्या नहुने उनले बताएका छन्।