प्रधानमन्त्री ओली समूहका ५२ अपराध,अन्तत : ओली अपराधी ठहर!

13.72K
shares

भुमिराज अधिकारी

काठमाडौं । यति बेला सडक तातेको छ नेपाली राजनिति माहोल परीवर्तन भएको छ , नेकपा भित्र एक पछि अर्को गर्दै विवाद निम्ती रहेको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको कारणले गर्दा देश शंकटमा परेको कुरा राजनितिक बिश्लेषक, बौद्धीक वर्ग देखी आम जनताहरुले बताउदै आई रहेका छन् । यहि बिच प्रधानमन्त्री केपी शर्मा ओली समुहका ५२ अपराध सार्वजानिक भएको छ ।

हेर्नुहोस ओली समूहका ५२ अपराध
(१) सरकारी जग्गा यतीलाई हस्तान्तरण।
(२) मेडिकल उपकरणमा ३ अर्ब भ्रष्टाचार।
(३) वाइडबडी खरिदमा ६ अर्ब भ्रष्टाचार।
(४) राज्यको अर्बौं रकमले गुटको भरणपोषण।
(५) ओम्नी समूहलाई स्वास्थ्य सामग्रीको ठेक्का।
(६) अनुदानको सामान छोडेर नक्कली स्वास्थ्य सामग्री खरिद।
(७) राष्ट्रिय गौरवका आयोजनाबाट अर्बौंको कमिसन।
(८) ट्रष्ट र सरकारी जग्गा यती समूहलाई हस्तान्तरण।
(९) सेक्युरिटी मेसिन खरिदमा ७० करोडको बार्गेनिङ।
(१०) सिण्डिकेट जोगाएर अर्बौंको कमिसन र घुस।
(११) संघीय सांसदलाई दिनदहाडै अपहरण।
(१२) पार्टी फुटाउन दल बिभाजनको अध्यादेश जारी।
(१३) निर्वाचन आयाेगमा नेकपा एमाले दर्ता।
(१४) आलोचकलाई सल्लाहकारको ज्यान मार्ने धम्की।
(१५) देशद्रोही एमसीसी सम्झौता पारित गर्न जोरजुलुम।
(१६) एमसीसी पास नहुँदै कार्यान्वयन सम्झौता लागू।
(१७) संवैधानिक अंगलाई गुटको भर्ती केन्द्रमा रुपान्तरण।
(१८) मदन भण्डारी फाउन्डेसनका नाममा देशभरि गुट भेला।
(१९) मिडिया नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक।
(२०) पार्टी फुटाउन निरन्तर गुट भेला र प्रशिक्षण।
(२१) संसद चल्दाचल्दै संसद अधिवेशन अन्त्यको घोषणा ।
(२२) संकटकाल लगाउन पटकपटक छलफल र प्रयास।
(२३) चीनसँग गरिएका सम्झौता कार्यान्वयनमा अरुचि।
(२४) मन्त्रालयहरुमा भ्रष्टाचारको सम्भावना खोज्ने गिरोह गठन।
(२५) सचिवलाई उचालेर मन्त्रीहरुमाथि प्रहार, काममा अवरोध ।
(२६) बालुवाटारको जग्गा अतिक्रमण गर्ने नेताको संरक्षण।
(२७) आफ्नै प्रदेश सरकार गिराउन अविश्वासको प्रस्ताव।
(२८) खुलामञ्चमा निमुखालाई खाना बितरणमा रोक।
(२९) कुलमानलाई अवकाश, असक्षम सालोलाई नियुक्ति।
(३०) पर्सामा आफ्नै पार्टी कार्यकर्ताकाे हत्यारालाई संरक्षण।
(३१) सरकारी अड्डालाई असक्षम गिरोहको भर्तीकेन्द्रमा रुपान्तरण।
(३२) स्थायी समितिलाई हुल्लडबाड, केन्द्रीय समितिलाई सडकछापको बिल्ला।
(३३) लिम्पियाधुराको चुच्चे नक्शा हटाएर भारतको विश्वास जित्ने प्रयास।
(३४) रअ प्रमुखसँग मर्यादाविपरित गोप्य रुपमा भेट र साँठगाँठ।
(३५) पार्टी निर्णय र प्रचलित विधि नमान्ने सार्वजनिक घोषणा ।
(३६) शीर्ष नेताविरुद्ध सडकमा कार्यकर्ता परिचालन र चरित्रहत्या।
(३७) लिम्पियाधुराको नक्शा भएको पुस्तक बितरणमा रोक ।
(३८) कोभिड नियन्त्रणमा लापर्वाही र चरम भ्रष्टाचार।
(३९) लिपुलेक, कालापानी भूभाग फिर्ताका लागि उदासिनता।
(४०) शितल निवास र बालुवाटारको सुविधामा वृद्धि।
(४१) राष्ट्रपतिका लागि अर्बौं हेलिकोप्टर सुविधा।
(४२) शितल निवासलाई गुटको हेडक्वार्टरमा रुपान्तरण।
(४३) संघीयताको अपमान, प्रदेश संघको इकाई भएको घोषणा ।
(४४) संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णयको खारेजी।
(४५) समाजवाद छोडेर दलाल नोकरशाही पूजीबादको अभ्यास।
(४६) सक्षम मन्त्रीहरुको बर्खास्ती, असक्षमहरुको नियुक्ति।
(४७) डा. गोविन्द केसीका माग र जीवनप्रति उदासिनता र आक्रमण।
(४८) मिडियालाई मुखपत्र बनाउने कोशिस, नमान्नेमाथि आक्रमण।
(४९) आफू निकटका आरोपी नेताहरुको संरक्षणमा अग्रसरता।
(५०) ओली सचिवालयबाट काठमाडौं प्रेस मिडिया ह्याक।
(५१) संसद बिघटन र मध्यावधि निर्वाचन घोषणा
(५२) राजीनामा मागे प्रधानमन्त्रले कुर्सी भाँच्ने घोषणा गरेका आखिर गरि छाडे ।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083