न्युज २४ टेलिभिजनसँग मिलेर जग्गा दलाली गर्ने सहदेव कक्षपति पक्राउ

16.47K
shares

महानगरीय प्रहरी परिसर काठमाडौँले विभिन्न ब्यक्तिलाई ठगी गरेको आरोपमा नामुद जग्गा दलाल सहदेव कक्षपतिलाई पक्राउ गरेको छ । महाशंकर रेग्मीको जग्गा ठगी गरी हडप्न खोजेपछि कक्षपती शनिबार पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले उनी पक्राउ परेको पुष्टी गरे । ठगी र जग्गासम्बन्धी उजुरीमा कक्षपतीलाई नियन्त्रणमा लिइएको एसएसपी सिंहले बताए

सहदेव कक्षपतीले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई भिनाजु नता लगाउँदै ठगी गर्दै आएका थिए । उनीबाट पचासौं जना पीडित छन् । उनले थुप्रै ब्यक्तिको जगगा हडप्ने, मुद्दा दिने र अदालतमा मुद्दा दिएर सेटिङ गरी घरबारबिहीन पार्दैआएका छन् । उनीसँगै ठगीमा संलग्न रेवती ढकाल र बिष्णु श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । कक्षपति भारतीय ठग नटबरलालकै शैलीमा शक्तिकेन्द्रको पहुँच देखाउनेमा पर्दछन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नाममा पनि ठगीधन्दा गर्दैआएका थिए ।

ललितपुरको छम्पीमा पनि उनले बीसौं गरिबको जग्गा मुद्दा मामिला गरी हडपेका थिए । गरिबका जग्गा हडप्ने उनी बैंकमा तिनै जग्गा राखी ऋण लिएर नतिरेपछि कालोसूचीमा परेका फरार थिए । कक्षपतिबिरुद्ध अदालतले ३ महिना कैद संजाय तोके पनि उनी फरार थिए ।

नेपाल ट्रष्टको नाममा रहेको कामाडौं प्लाजाको भवनको लिज सकिएपछि पनि अदालत मिलाउँछु भन्दै ब्यापारीसँग पैसा लिएको तर पछि अदालतले अन्तरिम आदेश नदिएपछि पीडितहरुले पैसा फिर्ता मागिरहेका थिए । काठमाडौं प्लाजाका ब्यापारीहरुले उनलाई मुद्दा जिताइदिन्छु भनेकाले रकम दिएका थिए ।

तर मुद्दा नजितेपछि कक्षपति सम्पर्कबिहीन भएका थिए । त्यति मात्रै होइन न्युज २४ टेलिभिजनका मालिक अनिल जोशीसँग मिलेर समेत कक्षपतिले जग्गा दलाली धन्दा चलाएका थिए । राजधानीको न्युरोडमा रहेको शुक्रपथ सहकारीका सञ्चालकहरुले बचतकर्ताको रकममा रजाई गर्दै उक्त रकमबाट राजधानीको नैकापमा एक अर्बभन्दा बढी मुल्य पर्ने जग्गा खरिद गरेका थिए ।

सोही जग्गामा नक्कली पीडित बनेर कक्षपतिले न्यज २४ टेलिभिजन मार्फत ब्ल्याकमेलिङ गरेका थिए । चर्चित टेलिभिजन प्रस्तोता रवी लामिछानेद्वारा सञ्चालित सिधा कुरा जनतासँग कार्यक्रममा देखाइदिने भन्दै सहकारी सञ्चालकलाई ब्ल्याकमेलिङ गरिएको थियो ।

सहकारी सञ्चालकहरुले न्युज २४ टिभिका मालिक अनिल जोशीलाई नै ‘हिडन’ पार्टनर बनाएपछि सहकारी सञ्चालकहरुले गरेको ठगीधन्दाको प्रोमो मात्रै बजाएर पछि भने डिलिट गरिएको ।

टेलिभिजनको तर्फबाट मध्यस्तकर्ता बनेका कक्षपति मिडियाको आडमा समेत ठगीधन्दा चलाउँदै आएका थिए । #दियो पोस्ट


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083