छात्राहरुलाई अश्लिल म्यासेज पठाउने आरआर क्याम्पसका प्राध्यापक पक्राउ
वि.सं.२०७७ पुस २८ मंगलवार १३:३१
5.5K
shares
shares

रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्य पक्राउ परेका छन् ।
क्याम्पसमा अध्ययनरत छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताए ।
प्राध्यापक आचार्यले छात्राहरुलाई विभिन्न सामाजिक सञ्जालमार्फत अश्लिल म्यासेज पठाउँदै आएका थिए ।














