‘प्रधानमन्त्री ओली र जी न्युजले तत्काल माफी माग्नुपर्छ’ : अनेरास्ववियू

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिएको भारतीय टेलिभिजन च्यानल जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने समाचार सम्प्रेषण गरे पछि उक्त समाचारप्रति अनेरास्ववियूले आपत्ती जनाएको छ ।

प्रधानमन्त्री केपि ओलीले वालुवटारमा व‍ोलाएर अन्तर्वार्ता दिएकै भोलिपल्ट भारतीय समाचार संस्था जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपाली अस्मिता र स्वाभिमानमाथि धावा वोल्दै सगरमाथामाथि अत्यन्तै आधारहीन , रहस्यमय र कपोकल्पित ढंगले पेश गरिएको दावीलाई अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले प्रेस विज्ञप्ती जारी गर्दै खारेज गरेको हो ।

अनेरास्ववियूले चौधरी र उनको संचारसंस्थालाई यस खालको भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण नगर्न र अविलम्ब माफी माग्न आग्रह समेत गरेको छ । साथसाथै संविधान लत्याएर प्रतिगमनको वाटोमा हिडेका प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आंच पुर्याउने ब्यक्ति र संस्थाहरुसंग रहस्यमय र अपारदर्शी भेटघाट र सांठगांठ नगर्न अनेरास्ववियूले केपी ओलीलाई चेतावनी दिएको छ ।

प्रस विज्ञप्ती

Image may contain: text

२९ पुस २०७७, बुधवार १५:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु