धनुषामा दलित बालिका अपहरण, आरोपी परिवारद्वारा पिडित परिवार कुटिए

17.16K
shares

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ बस्ने श्याम रविदासको १९ वर्षीया छोरी बेपत्ता पारिएको छ ।

स्थानीय नथुनी मिया कवाडीको छोरा मोहम्मद कलम हुसैन राइन आफू विवाहित भएको बाबजुद १९ वर्षीय बालिकालाई बारम्बार प्रेम प्रस्ताव गर्दै आइरहेको थियो ।

प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा मोहम्मद कलम हुसैन राइनले नै अपहरण गरेको हुन् सक्ने आशंका गरेकाे छ ।

हाल उनी गायब रहेकाे पीडित परिवारको भनाई छ । बालिका चैत्र ९ गते सोमबार देखि बेपत्ता रहेको पिडित परिवारले बताएको छ ।

बिहीबार राति आरोपी मोहम्मद कलम हुसैन राईनका भाईसहितको समूहले पीडित परिवारका सदस्य उपर हातपात समेत गरेको छ ।

पीडित परिवार दलित गरिब एवं कमजोर भएकै कारण बारम्बार उनी माथि राजनीतिक संरक्षणको आडमा आरोपी  मोहम्मद कलम हुसैन राईनका परिवारले आक्रमण गर्दै आएको छ ।

यथाशीघ्र बालिकालाई खोजतलाश गरी घटनामा संलग्न अपराधीलाई कडा भन्दा कडा कारवाही गर्न प्रशासन समक्ष पीडित परिवारले अनुरोध गरेको छ ।

बहुसंख्यक हिन्दूहरुको देशमा समेत हिन्दू समुदाय नै असुरक्षित हुनु अत्यन्तै दुखद विषय हो । गलत मनसायले सक्रिय एक विशेष समुदायको क्रियाकलापले समग्र हिन्दू समुदाय आजित एवं त्रसित रहेको पछिल्लो घटनाक्रमहरुले देखाएको छ,।

केही महिना पूर्व काठमाडौंको सीतापाइलामा बस्ने ’ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया पवित्रा कार्कीले प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा रौतहट लक्ष्मीपुर–४ घर भई काठमाडौंको डल्लु बस्ने ४७ वर्षीय विवाहित मोहम्मद आलमले एसिड प्रहार गरेको थियो ।

हिन्दू समुदाय विरुद्ध सक्रिय लव जिहादी आतंकवादी मनोवृतिका झुण्डलाई प्रशासनले समय मै तह लगाएन भने समग्र देश कै लागि घातक हुने निश्चित छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083