क्याप्टेन सुबेक श्रेष्ठको स्मृतिमा बालगृहलाई दिदीको पचास हजार सहयोग
वि.सं.२०७७ चैत १० मंगलवार २०:००
shares

काठमाडौँ। सिन्धुपाल्चोकको यमुना डाँडामा दुर्घटना भएको माउन्टेन हेलिकप्टर्सको हेलिकप्टर दुर्घटनामा मुत्यु भएका क्याप्टेन सुबेक श्रेष्ठको स्मृतिमा उनको दिदी चन्दा श्रेष्ठले सर्लाही स्थित बालगृहका द्वन्द्वपीडित बालबालिकाहरुको लागि नगद पचास हजार सहयोग गरेकी छिन् ।
सिन्धुपाल्चोकको यमुना डाँडामा दुर्घटनामा क्याप्टेन श्रेष्ठ सहित चार जनाको मृत्यु भएको थियो। ज्यान गुमाउनेमा डा. सन्दिप महत, स्वास्थ्यकर्मी शेरबहादुर कार्की र नर्स जेसिका रहेका थिए। हेलिकप्टर तारमा ठोक्किएर खसेको प्रारम्भिक अध्यानले बताएको थियो ।
करिब पाच वर्ष अघि ज्यान गुमाएका क्याप्टेन श्रेष्ठ ७२ साल वैशाख १२ गतेको भूकम्पमा धेरैको ज्यान बचाउन सफल भएका थिए। दुर्घटनाको एक साता अघि उनले ४ सयभन्दा धेरै मानिसको ज्यान जोगाएर पिडितको मन जितेका थिए । भूकम्पले ध्वस्त संरचनामा पुरिएर घाइते भएकाहरु उद्धारको संघर्षमा क्याप्टेन श्रेष्ठले ज्यान गुमाएका थिए ।






























