अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेला, देशभर बाट उत्साजनक उपस्थित

Nepal Life Insurance Long Ad

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । भेलालाई माधवकुमार नेपालले सम्बोधन गरेका छन् । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा नेपाल–खनाल पक्ष अनेरास्ववियुको भेलामा देशभर बाट अनेरास्ववियुको कार्यकर्ताहरु उपस्थित भएका छन् ।

केही दिनअघि नेपाल खनाल पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको निर्णय अनुरुप नै आज सो पक्षले अनेरास्ववियुको राष्ट्रिय भेला गरेको जनाइएको छ ।

सोमबार बसेको नेपाल खनाल पक्षको बैठकले पनि देशभर पार्टी कमिटी तथा जनसंगठनहरूको भेला, बैठकलाई निरन्तरता दिने र आधारभूत तहसम्मै रहेको आफ्नो शक्ति परिचालन गर्ने निर्णय गरेको थियो ।

१० चैत २०७७, मंगलवार १४:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु