कृष्णपुरका मेयर कर्ण हमालको दादागिरी : राति राति बन्द होटलमा गएर रक्सी माग्दै, होटल संचालकलाई ज्यान मार्ने धम्की

10.89K
shares

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले रातिको समयमा रक्सी माग्दै एक होटल संचालकलाई धम्की दिएको छ ।

नगरप्रमुख हमालले राति बन्द भैसकेको गोदावरीको गौरब होटलमा दादागिरि शैलीमा गई आफूहरुलाई रक्सी चाहिएको भन्दै दबाव दिएर सो होटलका संचालक विष्णुदेव गिरिलाई धम्की दिएको हो ।

होटलका संचालक गिरिकी छोरी कृतिमा गिरिले भनिन नगरप्रमुख हमाल सहितका ४ जनाको समुह रातिको समयमा सरकारी गाडीमा आएर आफ्नो बन्द रहेको होटललाई खुलाएर रक्सी र कोठा चाहियो भन्दै बारम्बार दवाव दिइरहेको थिए ।

राति १० बजे भएकाले आफूहको होटल बन्द भैसकेको र निषेधाज्ञामा रक्सी पनि नभएको बताएपछि नगरप्रमुख हमालले सुन्नै नसकिने अश्लिल गाली गलौच गर्दै उल्टै धम्की दिएको उनले बताइन् ।

‘मेरो बुवाले धेरै आग्रह गर्नुभयो तपाई जस्तो मान्छेले यस्तो गर्नुभएन जानुहोस भन्दा पनि उल्टै मेरो बुवालाई पछि देखाउछु भन्न थाले’, उनले रुदै भनिन, ‘रातिको बेला यसरी जनप्रतिनिधि जस्तो मान्छे दादागिरीशैलीमा आएर तेरो होटेलको हालत के हुन्छ, तिमिहरुको होटेल सिल गर्दिन्छु भन्दै धम्की दिएका छन् ।’

उनले आफूले नगरप्रमुखलाई राम्रोसंग चिन्ने हुदाँ उनलाई चिनेपनि अन्य ब्यक्ति को हुन् सरकारी गाडी कसको भन्ने भने थाहा नपाएको बताइन् । उनको साथमा अत्तरिया कै एक होटेल ब्यबसायी र अर्का एक निजि बोर्डिङका संचालक समेत रहेको उच्च स्रोतको भनाई छ !

उनले जनताको सेवा गर्नका लागि जनताको भोटले जनप्रतिनिधि भएकाहरुको यस्तो हर्कतले आफु र आफ्नो समाज झनै असुरक्षित रहेको बताइन् ।

अरु ठाउँवाट रक्सीले मात्तिएर आएर आफु र आफ्नो परिवारमाथि दमन गर्दै धक्की दिने नगरप्रमुख सहित उनीसंग भएका सबैलाई तुरुन्त कारबाहीको दायरामा ल्याउने उनले माग गरेकी छन् ।

उनले आफ्नो सामाजिक संजालमा एउटा लामो स्टाटस हाल्दै यसरी दुख ब्यक्त गरेकी छन्

००१ झ ३९९ न. स्कार्पियो सेतो प्लेट भएको गाडी असार २ गते बुधबार राती १०:१० मिनेटमा गोदावरी बजारमा रहेको बन्द गरेको गौरव होटेलमा ढोका खोल्नुस भन्दै रक्सी दिनुस भन्दै बारम्बार धम्की दिदै गर्दा गौरव होटेलको संचालक बिष्णु देव गिरिलाई धम्कि दिएर बारम्बार झगडा गर्दै उहाहरुले गर्न खोज्नु भयको चाही के थियो ।

त्यो गाडी ४ जना ब्यक्ती थिए मेरो बुबालाइ धम्की दिनुको कारण के थियोे आखिर त्यो राती बन्द गरेको पसल खुला गर होइन भने तेरो होटेल को हालत के हुन्छ तिमिहरुको होटेल सिल गर्दिन्छु भन्दै धम्की दियो । हामी सरकारी कर्मचारी हो र हाम्रो पावर कहा सम्म छ भन्दै धम्की दियको छ ।

सरकारि गाडी ल्यायर आएको छु भन्दैमा डराउदै धम्काउदै हिन्ने कति सम्मको घटीया र गद्द्दारि हुन र मेरो बुबालाइ त्यसरी धम्काउदै गर्दा मैले सहन न सकेर यो फोटो खिचेर सामाजिक संजालमा पोस्ट गर्न बाध्ये भएकि हु ।

उहाहरुको पावर होला आफ्नो ठाँउमा होला राजनीति गर्छन् होला आफ्नो ठाउँमा गर्छन् होला तर हामी गरिब दुखीलाइ यस्तो लकडाउनमा राती आएर धम्कि दिनलाइ तिनिहरुको बाउको के खाएको थिए। राती आएर यस्तरी धम्की दिएर गएका छन ।

भोलिको दिन मेरो बुबा को ज्यान तल माथी भयो या तिनि हरुले धम्की दिदा यो पनि भनेका थिएकि तलाइ छोर्दैन भोलिको दिन जा देख्यो त्यतै मारेर फाल्छु भनेर मुख छोडेर धम्की दियको हुदा भोलीको दिन मेरो बुवाको ज्यान तलमाथी भयो भने तिनीहरु ४ जना को नाम पब्लिक गर्छु । अहिले त गाडी नम्बर मात्रै पब्लिक गरेको छु ।

कति सम्मका घटिया नामर्दहरु छ्न अझै राजनीति पैसा पावरको धम्की दिदै बन्द गरेको होटेल खोल भन्दै हातपात गर्न खोज्ने धुर्तहरुलाइ उनिहरुले गरेको गल्तिको सजाय चाडैं मिलोस ।

यस बिषयमा नगरप्रमुख हमालसंग बुझ्न खाेज्दा  उनले फाेन उठाएनन् । हामीले बारम्बार फोन गर्दा पनि उनको नम्बरलाई ब्यस्त आइरहेको थियो ।

https://youtu.be/j41YVZh4_7I


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083