न्यूनतम् साझा कार्यक्रमबारे छलफल गर्न गठबन्धनको बैठक
वि.सं.२०७९ चैत २३ बिहीवार १०:४९
4.73K
shares
shares

काठमाडौं। सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम् साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो ।
सहमति जुटेपछि कार्यक्रम सार्वजनिक गर्ने तयारी गठबन्धनले गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत गठबन्धनमा रहेका दलका नेताहरू सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिएर कांग्रेस सहभागी भएपछि दोस्रो पटक सरकारका न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्नभएको हो ।































