स्थगित भएको स्ववियु निर्वाचन चैत ३० गते हुने
वि.सं.२०७९ चैत २३ बिहीवार १०:३०
3.87K
shares
shares

काठमाडौं । स्थगित भएको त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन यही चैत ३० गते हुने भएको छ। तालाबन्दी र अन्य विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका क्याम्पसहरूमा ३० गते मतदान गर्ने गरी नेविसंघ, अखिल, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच सहमति भएको हो ।
यसबीचमा पनि चुनाव विथोलिने र तालाबन्दी गर्ने काम भए प्रशासनको सहयोगमा ताल खोली निर्वाचन प्रक्रिया अघि बढाउने प्रतिबद्धता समेत गरेका छन्































