कांग्रेसबाट मन्त्री बन्ने सूचीमा अन्तिममा बस्नेत सफल

5.43K
shares

काठमाडौं। सत्ता गठबन्धनको सबैभन्दा ठूलो साझेदार दल कांग्रेसले मन्त्री बन्नेहरूको नाम तयार पार्दा मोहन बस्नेतको नाम पनि समावेशले चर्चा पाएको छ।

कांग्रेसले आठ मन्त्रालय पाउने निश्चित भएपछि सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला समूहबीच ६–२ को समहमति बन्यो । जसअनुसार कोइरालाले उपसभापति धनराज गुरुङ र मोरङका नेता डिकबहादुर लिम्बूको नाम सिफारिस गरे।

उता देउवाले मन्त्री बन्नेहरूको सूची बनाउँदा उपसभापति पूर्णबहादुर खड्का, प्रकाशशरण महत, एनपी साउद, सिता गुरुङ र रमेश रिजालको नाम समावेश गरे । देउवाले नाम तयार पार्दा प्रदेश मिलाएका थिए । अब देउवाको कोटाबाट थप एक जनाको नाम आश्यक थियो । यसका लागि पार्टी महाधिवेशनमा देउवालाई सहयोग गरेका डा शशांक कोइराला, प्रकाशमान सिंह र राष्ट्रपति रामचन्द्र पौडेलले आफूनिकट नेताहरूको नाम सिफारिस गरे ।

कोइरालाले दीपक खड्काको नाम सिफारिस गरे भने सिंहले राजेन्द्र केसी । उता राष्ट्रपति पौडेलबाट भने तेजुलाल चौधरीको नाम आएको कांग्रेसका एक पदाधिकारीले बताए । एक कोटाका लागि तीन ठाउँबाट नाम सिफारिस भएपछि देउवालाई सकस पर्‍यो । देउवानिकट स्रोतका अनुसार देउवाले कसैलाई पनि नचिढ्याउने नीति बनाउँदा तीनै जनाले सिफारिस गरेका व्यक्तिहरूलाई मन्त्री नबनाउने निर्णय लिए ।

उक्त स्थानका लागि सिन्धुपाल्चोकका मोहन बस्नेतको पनि लविङ थियो । उनी अर्थमन्त्री हुने दाबी गरिरहेका थिए । यसैमा उदयशमशेर राणाको पनि दाबी थियो । तर, देउवाले प्रकाशरण महतलाई अर्थ बनाउन सिफारिस गरे भने राणालाई अर्कोपटक मौका दिने भन्दै चित्त बुझाए । अन्तिममा बस्नेत सफल भए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083