कोशी प्रदेश नामाकरण विभादः नेकपा माओवादी केन्द्र पहिचानकै पक्षमा उभिने

5.75K
shares

काठमाडौं। बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ। पार्टी निर्णयबारे जानकारी दिदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामाकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताए।

उनले माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामाकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको जानकारी दिए। त्यसै आन्दोलनको क्रममा निधन भएकाहरुलाई सहिद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको उनले बताए।

उनले भने, ‘बैठकले ३ वटा निर्णयहरु गरेको छ। एउटा, पूर्वमा कोशी प्रदेश नामाकरण भयो। त्यस विषयमा आन्दोलन उठिरहेको छ। त्यसमा हाम्रो पार्टीप्रति के हो अडान भन्ने प्रश्न उठेको पाइयो। हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ। पहिचानकै पक्षमा अडान राख्नुपथ्र्यो त्यतिखेर अलिकति कमजोरी भएको छ। अब प्रदेश कमिटीलाई हामीले पहिचानकै पक्षमा छौँ भन्नेकुरा रिजर्भेसन राख्ने कुरा भएको छ। अर्को निर्णय, आन्दोलन उठिराखेको छ। आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्ने, राहत दिने विषयमा पनि सरकारसँग माग गर्ने कुरा भएको छ। छानबिन भइरहेको छ। के कसरी भएको हो भन्ने सरकारले गर्छ। हामीचाहीँ शहीद घोषणा गर्नुपर्छ। र राहत दिनुपर्छ भन्ने पक्षमा छौँ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083