सुनभन्दा पनि महँगो ८ पदार्थ

7.09K
shares

एजेन्सी। मानिसले सबैभन्दा महँगो पदार्थ सुनलाई मान्‍ने गर्दछन्।तर संसारमा यस्ता पदार्थहरु छन् जुन सुनभन्दा पनि कैयौ गुणा महँगो छ। यी पदार्थहरु किन महँगो भए ?

१.कोकीन

यो एक प्रकारको विषालु र नशालु पदार्थ हो। धेरै देशका युवाहरु कोकिनले प्रभावमा परेर आफ्नो भविष्य बिगारेका छन्। यसको १ ग्रामको मूल्‍य करीब ५ हजारदेखि ८ हजारसम्म पर्छ।

२.हेरोइन
यो पनि विश्‍वमै दोस्रो ठूलो नशालु पदार्थ हो। यसको प्रतिग्राम मूल्‍य पनि ८ हजारदेखि १२ हजारसम्‍म पर्छ।

३.प्लेटिनम
अहिले प्लेटिनम धेरै मानिसको रोजाइमा पर्ने गरेको छ। यसको प्रतिग्राम मूल्‍य ३५ हजार पर्दछ। तर क्‍यान्सरको औषधि बनाउनुपर्दा झनै मूल्‍य बढेर आउँछ।

४.रेडियम
प्लाटिनमसँगै सम्बन्ध राख्‍ने यो धातु लग्जरी गाडीको इन्जिन बनाउनमा प्रयोग गरिन्छ। उक्त इन्जिनलाई कार्बन बन्‍नबाट रेडियमले रोक्‍ने काम गर्दछ। त्यही कारण यसको मूल्‍य गाडीको भन्दा धेरै गुणा बढी पर्न आउँछ। एक ग्राम रेडियमको मूल्‍य ५५ हजार पर्न आउँछ।

५.प्लूटोनियम
प्लूटोनियमको प्रयोग परमाणु हतियार बनाउनको लागि प्रयोग गरिन्छ। वर्ल्ड न्यूक्लियर एसोसिएशनका अनुसार यो धातु दुई प्रकारको हुन्छ। पहिलो विपन्स ग्रेड हुन्छ भने दोस्रो रिएक्टर ग्रेड। यदि वैज्ञानिकहरुले यो पदार्थलाई समेत खोज्दा हत्पत्त नपाइने हुँदा यसको मूल्‍य कति होला रु एक ग्राम प्लूटोनियमको मूल्य ३ लाख रुपैया पर्न आउँछ।

६.डायमण्ड
डायमण्डलाई त सबैले चिनेकै छन्। यो एक प्रकारको ढुंगा जस्तो देखिन्छ। तर त्यही ढंगाको मूल्‍य ८ लाख पर्न आउँछ। यसलाई क्यारेटको हिसाबले
तौलिने गरिन्छ। एक क्यारेट बराबर ०।२ ग्राम हुन आउँछ।

७.एलएसडी
यो एक प्रकारको ड्रग हो। यसलाई धेरै नै महँगो मानिन्छ। एक ग्राम एलएसडी ड्रगलाई करीब ४० हजार पर्न आउँछ।

८.हाफनियम र टान्टालम इसोमेर्स
परमाणु रिएक्टर्सलाई ठन्डा बनाउन यो पदार्थको प्रयोग गर्ने गरिन्छ। यो पदार्थलाई किन्‍नको लागि धेरै पैसाको आवश्यकता पर्छ। एक ग्राम हाफनियम र टान्टालम इसोमेर्सको मूल्‍य करीब एक अर्ब रुपैयाभन्दा बढी पर्न आउँछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083