ज्येष्ठ सदस्य केसीद्वारा शपथ ग्रहण

सभामुख चयन नहुँदासम्म बैठकको अध्यक्षता गर्ने

2.93K
shares

११ चैत, काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले पद तथा गोपनीयताको शपथ लिएका छन्। रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा केसीलाई शपथ ग्रहण गराएका हुन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित केसी ७८ वर्षका छन्।

शपथ ग्रहणपछि केसीले चैत १२ गते प्रतिनिधि सभाका २७४ सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ। सभामुख निर्वाचित नहुँदासम्म प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत केसीले नै गर्नेछन्।

यसपटकको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना गरी कुल २७५ सदस्य निर्वाचित भएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083