एकान्तकुनास्थित यातायात कार्यालयबाट १५ बिचौलिया पक्राउ

2.85K
shares

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटो को संयुक्त टोलीले यातायात कार्यालय एकान्तकुना बाट १५ जना बिचौलियालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले ‘फास्ट ट्रयाक’ मा सेवा उपलब्ध गराइदिने भन्दै सेवाग्राहीबाट अवैध रूपमा रकम असुल्ने गरेका थिए। सेवाग्राहीलाई हैरानी तथा अनावश्यक दुख दिने गुनासो बढेपछि प्रहरीले विशेष अपरेशन सञ्चालन गरेको थियो।

उक्त अपरेशनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूलाई हाल प्रहरी वृत्त सातदोबाटो मा राखेर थप अनुसन्धान अघि बढाइएको छ।

परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्र ले बिचौलिया नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिइने बताएका छन्।

यातायात सेवा सहज र पारदर्शी बनाउन बिचौलिया विरुद्ध कडाइ गरिएको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage