संविधान संशोधनका लागि बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने सरकारको निर्णय

2.74K
shares

काठमाडौं । सरकारले संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहभागिता रहनेगरी कार्यदल गठन गर्ने निर्णय गरेको हो। सरकारका अनुसार कार्यदलमा सबै प्रमुख दलहरूको प्रतिनिधित्व सुनिश्चित गरिनेछ, जसले व्यापक छलफल र सहमतिका आधारमा बहसपत्र तयार गर्नेछ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा कार्यदल गठन गरिने जानकारी दिए।

उनका अनुसार राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन बहसपत्र महत्वपूर्ण आधार बन्नेछ।

सरकारले यस कदमलाई समावेशी र सहमतिमूलक ढंगले संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारीका रूपमा व्याख्या गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083