कर्मचारीकै संरक्षणमा ठेकेदार र स्थानीय केही व्यक्तिद्धारा वन फँडानी

4.33K
shares

अनुसन्धान अधिकारीमाथि शंका
सुर्खेत । एक महिनाअघि बराहताल गाउँपालिका–४ तरंगाका स्थानीय बासिन्दाले राष्ट्रिय वन क्षेत्रमा भइरहेको काठ तस्करीबारे वनका सबै निकायलाई जानकारी गराएका थिए । नजिकैको साविक पाग्मा इलाका वन कार्यालय, डिभिजन वन कार्यालय भेरी र सुर्खेतलाई पनि स्थानीयले यसबारे सूचना दिएका थिए । तर पनि वन कर्मचारीको टोली घटनास्थल पुगेन। सोमबार वन कर्मचारीको टोली तरंगाको भेरी किनारसम्म पुग्यो। टोलीले भेरी किनार र गाउँबाट गरेर सालका साढे तीन सयवटा गोलिया बरामद ग(यो ।

‘ठेकेदार वनका कर्मचारी र स्थानीय सामुदायिक वनका केही पदाधिकारीको मिलेमतोमा राष्ट्रिय वन क्षेत्रमा लाखौं मूल्यका रूखहरु काटिएका छन्, एक स्थानीयले भने, ‘पटक–पटक जानकारी गराउँदा पनि वन कर्मचारीको टोली घटनास्थलसम्म नपुगेरै फर्कियो। स्थानीयका अनुसार दसैं र तिहारको छेको पारेर राष्ट्रिय वन क्षेत्रमा सालका ८० भन्दा धेरै रूख काटिएका छन् । वन क्षेत्रनजिकै बराहताल सव–डिभिजन वन कार्यालय छ।

डिभिजन वन कार्यालयभेरीले घटना छानबिन गर्न बराहतालस्थित सव–डिभिजन कार्यालयका प्रमुख टेकबहादुर रावललाई अनुसन्धान अधिकारी तोकेको छ। स्थानीयहरू भने जसका बारे अनुसन्धान गर्नुपर्ने उसैलाई अनुसन्धान अधिकारी बनाएको आरोप लगाउँछन् । वन कार्यालयका कर्मचारी भने स्थानीयले सूचना दिँदा पनि घटनास्थलसम्म पुग्दैनन्। सोमबार गएको वन कर्मचारीको टोलीले साढे तीन सय क्युबिक फिट काठसहित स्थानीय प्रेमबहादुर थापा र धनबहादुर रावतलाई पक्राउ ग(यो। बरामद काठमध्ये चार गोलिया स्थानीय एक ठेकेदारले घाटगद्दी गरेको ठाउँमा फेला परेको थियो ।

रूख काटिएका ठाउँसम्म वन कर्मचारीको टोली नपुगेरै फर्कियो। वन कर्मचारीकै मिलेमतोमा राष्ट्रिय वनका रूखहरू काटिएकाले उनीहरू घटनास्थलसम्म नपुगेको स्थानीय आरोप लगाउँछन्। वन कर्मचारी, ठेकेदार र स्थानीय सामुदायिक वनका कर्मचारीको त्रिपक्षीय मिलेमतोमा रूख फँडानी गरेको स्थानीय बासिन्दाको आरोप छ ।

भेरीस्थित डिभिजन वन कार्यालयका प्रमुख अजितकुमार कर्णले राष्ट्रिय वनमा रूख काटिएका विषयमा अनुसन्धान भइरहेको बताए। ‘म पनि भर्खरै सरुवा भएर आएकाले धेरै कुरा थाहा छैन, अनुसन्धानका लागि समिति गठन गरेका छौं,’ उनले भने, ‘विस्तृत विवरण अनुसन्धानपछि नै खुल्ला। रूख काटिएका ठाउँमा वन कर्मचारीको टोली नपुगेको उनले पनि स्वीकार गरे। ‘अब अनुसन्धान अधिकारीसहितको टोली वन क्षेत्रमा पुगेर अनुसन्धान गर्छ,’ उनले भने, ‘त्यसपछि मात्रै यथार्थ बाहिर आउँछ।

अनुसन्धान अधिकारीमाथि शंका
डिभिजन वन कार्यालय९भेरी०ले घटना छानबिन गर्न बराहतालस्थित सव–डिभिजन कार्यालयका प्रमुख टेकबहादुर रावललाई अनुसन्धान अधिकारी तोकेको छ। स्थानीयहरू भने जसका बारे अनुसन्धान गर्नुपर्ने उसैलाई अनुसन्धान अधिकारी बनाएको आरोप लगाउँछन् । रावल यसअघि पाग्मा इलाका वन कार्यालयका सहायक वन अधिकृत थिए। राष्ट्रिय वनमा रूख काटिएको क्षेत्र उनको इलाकामा पर्छ। ‘तत्कालीन इलाका वन कार्यालयका कर्मचारीकै संरक्षणमा ठेकेदार र स्थानीय केही व्यक्तिद्वारा रूख काटिएका हुन्, स्थानीय भन्छन्, ‘छानबिनको दायरामा ल्याउनुपर्ने कर्मचारीलाई अनुसन्धान अधिकारी बनाइनु घटना ढाकछोप गर्ने खेल हो।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083