हुसेनलाई शहिद घोषणा र क्षतिपूर्तिको माग, कांग्रेसद्धारा घोर भत्र्सना

वि.सं.२०७५ मंसिर ६ बिहीवार ०८:४३
shares

दुहवी । दुहवी नगरपालिका वडा नं ९का मोहम्मद फिदा हुसेन बिहानको समयमा अज्ञात समूहले गोली हानी हत्या गरेका छन्। मृतक हुसेन दुहवी नगरपालिका वडा नं ९का वडा अध्यक्ष र क्षेत्र नम्बर ३ सभापति मोहम्मद मेहदी हुसेनका भाई हुन्। एका बिहानै मर्निङ वाक गररिहेका बेला मोटरसाइकलमा सवार दुई जनाले हुसेनलाई गोली हानी फरार भएका थिए।
हुसेन छताबेली स्थिति जय बाबा इँटा उद्योगका सुपरभाइजर हुन्। घटनाको नेपाली कांग्रेसले घोर भत्र्सना गर्दै घटनामा संलग्न रहेकालाई यथाशीघ्र कानुनी कठघरामा उभ्याउन माग गरेका छन्। जिल्ला सचिव केदार भण्डारीले तत्काल सिडिओ र प्रहरी प्रमुखको सरुवा गर्न समेत सरकारसंग माग गरेका छन्। घटनाको विरूद्धमा आज दिनभर दुहवी बजार तनावग्रस्त बनेको थियो। स्थानीयहरूले आज दिनभर दुहवी बजारमा टायर बालेर प्रदर्शन गरेका छन्।
इटहरी देखि नेमुवा सम्म सवारी साधन सञ्चालन रौक लगाएका थिए। आक्रोशित स्थानीयले गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन्।स्थानीयहरू दिनभर नाराबाजी सँगै बजार बन्द गराएका छन्। यथाशीघ्र हत्यारालाई नसमाते अनिश्चितकालीन बजार बन्द गर्ने र सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। प्रहरीले घटनामा संलग्न रहेको शंको आधारमा ७जनालाई नियन्त्रणमा लिएका छन्।
यता प्रहरी प्रमुखले घटनाको तिव्र रुपमा अनुसन्धान भैरहेको प्रतिक्रिया दिएका छन्। स्थानीयहरू सिडिओ मार्फत ५वुँदे ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका छन्। ज्ञापनपत्रमा मृतक हुसेनलाई शहिद घोषणा, उचित क्षतिपूर्ति, परिवारको लालनपालन गर्ने कोही नभएकोले छोरा जागिर, घटनाको सहि सत्य छानबिन गरी घटनामा संलग्न रहेकाले कानुनी कारबाही आदि मागहरू सहित ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाइएको छ।