नेपालमै बन्दुक बनाउने कारखाना, प्रहरीको छापा, विप्लवका कार्यकर्ता पक्राउ

6.23K
shares

काठमाडौं । दाङमा प्रहरीले ठूलो परिमाणमा हतियार बरामद गरेको छ।नेपाल–भारत सीमा नाका अन्तरगतको दाङको भौवा नाकाबाट गएराति प्रहरीले ठूलो परिमाणमा हातहतियार फेला पारेको हो।

त्यहाँ त हतियार बनाउने कारखाना नै रहेछ,’एक प्रहरी अधिकारीले भने ‘त्यहीँबाट हतियारको कारोबार हुँदो रहेछ।’ भौवा नाकामा अवैधरूपमा हातहतियार बनाइने भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाले गएराति हतियार बनाउने कारखानमा छापा मारेको ती प्रहरी अधिकारीले जानकारी दिए।

राजपुर गाउँपालिका वडा नं.७ मा भौवा नाका अवस्थित छ। यही नाकाबाट हातहतियार नेपालमा भित्रने गरेको, चोरी शिकारी बढेको तथा गुन्डागर्दी गर्नेदेखि विप्लवका कार्यकर्ताले पनि हातहतियार यही नाकाबाट ओसार प्रसार गर्दै आएको प्रहरीको दाबी छ।

प्रहरी स्रोतका अनुसार प्रहरीले एकै स्थानबाट ७ थान भरुवा बन्दुक, दुई दर्जन बढी बन्दुक बनाउन प्रयोग गरिने नाल, एउटा रिभल्वर (सिक्सर पेस्तोल) र एउटा नलकटवा पेस्तोल बरामद गरेको छ। दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले पनि ठूलो सो तथ्य सही भएको जिकिर गरे। उनले यसबारे दिउँसो पत्रकार सम्मेलनमार्फत् थप विवरण सार्वजनिक गर्ने बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083