निर्मला हत्या प्रहरण : तत्कालिन डिएसपी अंगुर जिसीलाई नौ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

6.37K
shares

कञ्चनपुर। कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ बर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसूर र यातना विरुद्धको कसूर मुद्दामा जिल्ला अदालतले बुधबार केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका तत्कालिन डिएसपी अंगुर जिसीलाई नौ लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ।

कञ्चनपुर जिल्ला अदालतका न्यायधीश डा। राजेन्द्रकुमार आचार्यको एकल इजलासले डिएसपी जिसीलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिनुभयो।

जिसिलाई यातना विरुद्धको कसुरमा रु ५ लाख र सार्वजनिक न्याय विरुद्धको कसूरमा रु ४ लाख धरौटी सुनाइएको छ। श्रेष्तेदार अवस्थीले धरौटी तिर्न नसके थुनामा राख्नु भन्ने आदेश भएको बताउनुभयो।

निर्मला पन्त हत्या प्रकरणमा विष्ट सहित प्रहरी कर्मचारी विरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय विरुद्धको कसूर र भीमदत्तनगरपालिका- १९ बागफाँटाका दिलिपसिंह विष्टका दाजु खड्क विष्टले यातना विरुद्धको कसूरमा गत पुसको पहिलो साता उजुरी दिएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083