नोकियाको नयाँ स्मार्टफोन ‘नोकिया एज’ निकै आकर्षक
वि.सं.२०७५ चैत १३ बुधवार १६:२१
5.93K
shares
shares

काठमाडौं। नोकियाले यसवर्ष निकै आकर्षक स्मार्टफोन ल्याउने भएको छ। नोकियाले आफ्नो अहिलेसम्मकै आकर्षक फोन नोकिया एज बजारमा ल्याउने भएको हो।
यसअघि नोकियाले नोकिया ८ र ९ बजारमा ल्याइसकेको छ। नोकिया एजको र्याम ८ जिबीको हुने जनाइएको छ। यसको रोम १ सय २८ देखि २ सय ५६ जिबीको हुनेछ। २ हजार रिजोलुसन भएको यसको डिस्प्ले ५ दशमलब ७ इन्चको हुनेछ। जसलाई गुरिल्ला ग्लास ५ ले कभर गरेर रक्षा गर्नेछ।
२४ मेगापिक्सल फ्रन्ट क्यामेरा र १२ मेगापिक्सल सेल्फी क्यामेरा भएको यस फोनले ४ हजार भिडियो खिच्ने क्षमता राख्छ। नोकिया एज दशमलब पाइको एन्ड्रोइड सिस्टममा चल्नेछ।































