मेलम्ची खानेपानी: सिएमसीले दुई अर्ब ५२ करोड क्षतिपूर्ति मागेको खुलासा

5.46K
shares

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छोडेर गएको इटालियन ठेकेदार कम्पनी सिएससीले सरकारसँग क्षतिपूर्ति वापत दुई अर्ब ५२ करोड रकम माग गरेको खुलासा भएको छ।

संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा समितिका सदस्य सुरेन्द्रराज पाण्डेले नाकाबन्दीलगायतका कारण सो आयोजना निर्माणको क्रममा भएको क्षतिवापत सरकारसँग सो कम्पनीले दुई अर्ब ५२ करोड माग गरेको जानकारी गराएका थिए। समितिले पाण्डेलाई सो आयोजनाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको थियो।

समितिको बुधबारको बैठकमा उनले बुझाएको प्रतिवेदनमा सो आयोजनाको बाँकी काम सम्पन्न गर्न दुई अर्ब ४५ करोड लाग्ने पनि सम्बन्धित निकायले जानकारी गराएको उल्लेख गरिएको छ। प्रतिवदेनमा सिएमसी कम्पनीलाई भन्दा नयाँ ठेकेदार कम्पनीलाई जिम्मेवारी दिएर मेलम्चीको बाँकी काम सम्पन्न गर्न पनि सरकारलाई सुझाव दिइएको छ।

समितिका सदस्य पाण्डेले दुई अर्ब ५२ करोड क्षतिपूर्ति दिएर सो आयोजनाको बाँकी काम सिएमसी कम्पनीबाटै गराउनु भन्दा दुई अर्ब ४५ करोडमा सो आयोजनाको काम सम्पन्न गर्न उपयुक्त हुने देखिएको पनि समितिलाई जानकारी गराएका थिए। समितिका सदस्य पाण्डेले सो आयोजनाको कामलाई छिटो अघि बढाउन पनि सरकारलाई सचेत गराएका छन। प्रतिवेदनमा सिएमसी कम्पनीको दुई अर्ब १० करोड रुपैयाँ सरकारले बैंकबाट जफत गरिसकेको पनि उल्लेख गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083