सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गरिने: मन्त्री ज्ञवाली
वि.सं.२०७५ चैत १३ बुधवार १७:०७
shares

काठमाडौं। सरकारले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाका लागि सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्ने घोषणा गरेको छ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुका लागि ७ सय ५३ वटै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन्। त्यसमा उनीहरुको हेरचाह विशेष खालको शिक्षालगायतका व्यवस्था गर्ने सरकारको नीति रहेकोे मन्त्री ज्ञवालीको भनाइ छ।
बुधबार काठमाडौंमा उनले मानसिक रुपमै अशक्त बालबालिकाहरुका लागि सरकारले भत्ताको व्यवस्था गर्ने नीति लिएको पनि बताए। उनले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुलाई सहयोग गरिरहेका संस्थाहरुलाई सरकारले प्रोत्साहन गर्ने आश्वासन पनि दिए।
परराष्ट्रमन्त्री ज्ञवालीले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुका अभिभावकहरुलाई पनि आवश्यक आर्थिक सहायता गर्ने प्रतिवद्धता व्यक्त गरे।





























