ठगीको आरोपमा निर्माता तथा कलाकार प्रज्ञा जोशी पक्राउ

6.99K
shares

काठमाडौं। कलाकार तथा निर्माता प्रज्ञा जोशी पक्राउ परेकी छन्। ठगी गरेको आरोपमा उनी आइतबार इटहरीबाट पक्राउ परेकी हुन्।

एक जग्गाको कारोबार गर्दा उनले दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा प्रहरीले उनलाई इटहरीबाट पक्राउ गरेको हो। जोशी पक्राउ परेको पुष्टी इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी समिर चन्द्र खरेलले गरे।

महानगरीय प्रहरी परिसर काठमाडौँले उपस्थिती गराउनु भनेकोले हामीले समातेर काठमाडौ पठाएका हौँ डिएसपी खरेलले भने किन र केका लागि हो हामीलाई थाहा छैन। उनलाई आजै काठमाडौ पठाएको उनले जानकारी दिए।

लामो समयदेखि उनी लुकिछिपी इटहरीमा बस्दै आएकी उनलाई सुवर्ण कुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन्। न बिर्सें तिमीलाई न पाएँ तिमीलाई, नोटबुक,सम्झना, सपुत लगायतका आध दर्जन बढी फिल्म निर्माण गरेकी जोशीले थुप्रै फिल्म अभिनय गरेकी छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083