बलात्कारको आरोपमा सांसद/डीएसपी पक्राउ

7.58K
shares

काठमाडौं।

एक महिलालाई पटक–पटक बलात्कार गरेको अभियोग लागेका नेकपाका एक प्रदेश सांसदलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ।

तत्कालीन नेकपा एमालेका तर्फबाट प्रदेशसभामा निर्वाचित सांसद अक्कल रावललाई प्रहरीले कैलालीबाट पक्राउ गरेको हो। रावलबाट पीडित भनिएकी महिलाले यही फागुन १४ गते प्रहरीमा उजुरी दिएकी थिइन्।

सोही उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यसैबीच आफ्नै कार्यकक्षमा बोेलाएर एक युवतीलाई बलात्कार गरेको आरोप लागेका नेपाल प्रहरीका पूर्वडीएसपी राजकुमार खिउजीलाई पनि प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त चापागाउँको प्रमुखका रूपमा कार्यरत रहेका बेला पूर्वडीएसपी खिउजीले ती युवतीलाई डर देखाएर बलात्कार गरेको आरोप लागेपछि उनले प्रहरी संगठनबाट राजीनामा दिएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083